Friday, October 29, 2010
नेतालाई बोल्नमा प्रतिबन्ध
विपश्यना गएर आएपछि थाहा भयो। जीवनमा ९५% त हामी बोल्नै नपर्ने बेलाँ बोलिरहेका रहेछौं र बोली रहनेछौं.... नागरिक दैनिकको अन्तरवार्तामा जगदीश घिमिरेले भनेको कुरा सारै चित्त बुझ्यो। अश्लिल साइटहरु होइन नेताहरुको बोलीमा प्रतिवन्ध लगाउनुपर्छ। यो देशमा नेताहरु मात्र अत्यावश्यक बाहेक अरु बेला नबोलिदिने हो भने धेरै शान्ति पाइन्थ्यो होला...
मरेको नामका खसी
खाद्य संस्थानका हाकिमका तिर जान लाको। यसो खुशी पारेर साथी बनाउन सकियो भने दशैंमा खसी उपहार आउने रैछ नि। यसपाली दशै त किनेर ल्याइयो। अर्कोपटक दशैंमा खसी आएपनि त गणित अलिकति बच्छ नि। संस्थानको रिपोर्टाँ मरेको खशीमा राख्दिए भैहाल्नेरैछ त। यसपटक दशैंमा मात्र अढाई सय जति मरे भनेछन् रिपोर्टाँ। यसपटक कसकसले मरेको नामको खसी खाए होला...
इन्टरनेट मौन
विपश्यनाको १० दिने आर्यमौन पछि दुई चार दिने इन्टरनेट मौनमा छु है साथीभाइ। अन्य काम थुप्रियाछन्। ती नसकिन्जेल इन्टरनेट मौन बेला बेलाँ मात्र तोडिन्छ। धेरै बातचित गरिन भनेर चित्त नदुखाम है...
कम्प्युटर एसोसियसनमा खोई समावेशी
यो कम्प्युटर एसोसियसन अफ नेपाल क्यान भन्ने संस्थालाई मुद्दा हाल्दिन पर्छ कि के हो। यस्तो समावेशी जमानाँ नि, २३ जना नयाँ कार्यसमितिआँ जम्मा एक जना मात्र महिला छन् यार। अरु कुराँ त पछि पार्याथे पार्याथे प्रविधिआँ नि महिलालाई नै पछाडि पार्या रचन्....
सम्झदाँ बाडुकी नलाग्ने रैछ
कसैले सम्झँदा बाडुकी लाग्ने भए शहरका दुई चार जना मान्छेको प्राण यसपालि मैले सम्झेकै भराँ बाडुकी लागेरै जान्थ्यो होला। ११/११ दिन बिहान ४ बजेदेखि राति १० बजेसम्म सँधैजसो आँखा चिम्लेर ध्यानाँ बस्दा कति सम्झियो कति दुई चार जनालाई...तिनलाई के बाडुकी लाग्यो होला र...
अप्सराहरु पठार विपश्यना ध्यानाँ
यसपालि विपश्यनाको ध्यान कडा भो। पहिलो दिनैट इन्द्रको आशन डगमगाएछ क्याहो। सुरुका दुई तीन दिन त ध्यानाँ अप्सराहरु पठार खुब विथोल्ने प्रयास गरिरहे नि....
दशैंका बेला चिट्टा बेच
ए स्कूलहर्ले दशैं बिदाँ नयाँ होमवर्क पनि दिन थालेछन् नि 'चिट्टा बेच्ने'। छिमेकीको छोराले सय रुपैयाँ जाने पचास वटा टिकट बोकेर आ'छ। पाँचवटा किन्दिन पर्ने रे। बोर्डिङ स्कूलहर्ले हो है पैसा कमाउन जानेका। केटाकेटीलाई चिट्टा समेत बेच्न लगाउन थाले। हैन कहाँट आउँछ हो तिन्लाई यस्तो बुद्धि सकिन्न प्रभु यिनीहरुसँग....
नबोलेर उपति
ल मुलुक तपाईहर्को जिम्मामा भो है। आफू त लाइयो आजट विपश्यना तिर....आर्यमौन। यत्रो बर्ष बोलेर, लेखेर, पढेर, इन्टरनेट चलार, मुबाइल बोकेर केही उपति लाइएन त। बा अब १० दिन तीबाट टाढा बस्दा केही भइहाल्छ कि....
फ्रीमा पठाउन पाउँदा मनकारी
यो फेसबुकाँ दशैका सामान के के मात्र पठाका हुन् केटाहर्ले, घर जाने बस, जहाज, स्याम्पेन, व्हिस्की, चङ्गा, नयाँ सुट, जुत्ता पुजाको सामान, लाम्काने खसी, लिङ्गे पिङ। क्यार्नु तिन्लाई वाल'ट झिक्न मिल्दैन बरु वाल सफा गर्नको टेन्सन मात्र। फ्रीमा दिन पाउँदा त केटाहर्को मन मनकारी नै रैछ...
Wednesday, October 13, 2010
सस्तो बेसाहा
दशैंका बेलाँ बास्ना आउने चामलकै भात खान परो भो भनेर खाद्य संस्थानबाट बास्मती चामलको 25 किलोको बोरा ल्याएँ। बास्ना त आउने तर हकुवा चामलको जस्तो बा; सात चोटी पखालेर पकाउँदा नि। चार वर्ष जति पुरानो चामल परेछ कि क्याहो। अन्तभन्दा सस्तो पाइयो भनेर संस्थानको चामल ल्या नराम्ररी फसियो। सस्तो बेसाहा पेटलाई मर भनेको त सुनेको हो नटेर्दा....
रक्सीसँग....
संगत गुनाको फल दुई वर्ष जति पछि आज दोहोरी गइयो। दोहोरीमा गाउने बहिनी चिनेकी परिछन् क्यासँग स्याटर हानिन् भने …तिमीले यहाँ रक्सीसँग मन साट्नी; घरमा दिदीले कसरी रात काट्नी…
Friday, October 8, 2010
खसीलाई हैन खसीले खाने भो
दशैमा खसी आफूले खाने होइन खसीले पो आफूलाई खाला जस्तो भो त। रातरातभर कराउँछ सुत्न दिँदैन। दिनाँ तीनचोटी घाँस खुवाउन चराउन लान पर्ने, दुई मुठा घाँसको व्यवस्था। बेलाँ पानी खुवाउनुपर्ने। छत फोहर पारेर बिजोग छ। डर त छतट हामफालेर मर्छ कि भन्ने भो। दुई फिट अग्लो छतको पर्खाल माथि अगाडिका दुई खुट्टा उचालेर हैरान पारेपछि एकजना ...धराले बस्न पर्याछ। (हाँस्नुपर्ने कारण धेरै छन् हा हा हा....)
फेसबुकले धोका दियो
मलाई त फेसबुकले कालो सुचीमा राखेजस्तो छ। मैले राखेको स्टाटस आफ्नो प्रोफाइलमा मात्र बस्छ। होम पेजमा जाँदै जाँदैन, मेरो प्रोफाइलमा आएर नहर्ने हो भने मेरो स्टाटस देख्न पाइदैन। विगत केही दिन यता गम्भीर धोका दिरछ फेसबुकले क्षतिपूर्तिको माग गर्न परो। कसैसँ केही उपाय भए पाम है...
खसीलाई होइन खसीले खाला जस्तो भो
दशैमा खसी आफूले खाने होइन खसीले पो आफूलाई खाला जस्तो भो त। रातरातभर कराउँछ सुत्न दिँदैन। दिनाँ तीनचोटी घाँस खुवाउन चराउन लान पर्ने, दुई मुठा घाँसको व्यवस्था। बेलाँ पानी खुवाउनुपर्ने। छत फोहर पारेर बिजोग छ। डर त छतट हामफालेर मर्छ कि भन्ने भो। दुई फिट अग्लो छतको पर्खाल माथि अगाडिका दुई खुट्टा उचालेर हैरान पारेपछि एकजना ...धराले बस्न पर्याछ। (हाँस्नुपर्ने कारण धेरै छन् हा हा हा....)
गिनिज बुकाँ रामचन्द्रको नाम
हैन रामचन्द्ररको गिनीज बुकाँ नाम लेखाउने बेला भएन र भन्या - सबभन्दा धेरै प्रधानमन्त्री चुनावमा हार्ने व्यक्ति भनेर। यसो बिदेशतिर हुनेले प्रयास गर्दिनु नि। प्रधानमन्त्री हुन नपाए नि गिनिजाँ नाम लेखियो भनेर भा'नि खुशी हुन्थ्ये कि। तर भयो भो, फेरि अरुले रेकर्ड तोड्न नसकुन् भनेर बा गोडा सयेक चोटी पो हार्ने हुन् कि....
नरकबासी
दशरा लाओ भनेर यसो कोठा सफा गर्न लाको; बल्ल आज बुझियो सानाँ आमाले किन नर्कबासी भन्नुहुँदो रहेछ भनेर...... आधा टन निस्कन लाइसको त फोहर...
झलनाथलाई डुब्लिकेट कुर्ची
रामचन्द्रले नि मैदान खाली गर्दे प्रधानमन्त्रीको कुर्सी चिठ्ठाँ परिहाल्छ कि भन्ने आशाँ भाका झलनाथ काम्रेड आजट त अलि झस्के होलान् नि। मायोज चाउचाउले 'कार उपहार'भनेर चिठ्ठा राखेर खेलौना कार लैजाउ भन्दोरछ। नयाँ सहमति भन्दा पहिले रामचन्द्रले रेस छोडे बा उन्लाई नि माओवादीले प्रधानमन्त्रीको कुर्ची त त्यस्तै हो प्लास्टिकको कुर्ची पो पछि देखाइदिने हुन् कि...
नख्खत डिस्काउन्ड
ल केटाहरु ठगिने स्योर भो। दशैंका बेला उपहारै उपहार पाइन्छ भनेर केटाहर्ले के के किन्ने हुन्। लास्टाँ मायोज चाउचाउले झैं कार उपहार भन्दै खेलौना कार उपहार दिन्छ अनि अदालत धाँउदा बल्ल चाल पाउँछन्। आफ्नो त सिद्वान्तै उपहारवाला सामान नकिन्ने, नख्खत डिस्काउन्डमा मात्र विश्वास गर्ने हो ...
माधव नेपालको छिर्के दाउ
यता माउवादीसँग मिलेर रामचन्द्र पौडेललाई उम्मेदवारी फिर्ता लिन भनेका प्रधानमन्त्री माधव नेपालले भित्र भित्र उम्मेदवारी फिर्ता नलिन भनिरारछन् पौडेललाई। किन भन्थेनन् र माधव नेपालको गिनिज बुकाँ नाम लेख्ने बेला भइसक्यारछ सबैभन्दा बढी समयसम्म कामचलाउ सरकार चलाउने प्रम भनेर। ९६ दिन त चलाइसके अब केही दिन चलाएर गिनिजाँ नाम लेख्...ने भएपछि भित्रभित्र खेल्दा रछन्...म नि बुझ्छु के अलिकति
Saturday, October 2, 2010
मलेसियामा आन्दोलन गर्न सिकाउने हुन् कि
अस्ति नै मलेसियामा नेपालीहर्ले आन्दोलन गर्दा मलेसियाले दुई चार साता नेपाली काम्दार नलिने भनेर सम्चार आको आइ गर्याथ्यो। अहिले फेरि प्रचण्ड काम्रेड मलेसिया गा'छन्। कता आन्दोलन गर्न उक्सार आउने पो हुन् कि तेता नि। के गर्नु देशको चिन्ता आँफैले मात्र गर्न परिराछ। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा....)
नक्कली विद्यावारिधी फिर्ता
मह जोडीले झुक्किएर विद्यावारिधीको उपाधि लिइएको भनेर लज्जाबोध गर्दै माफ मागेपछि भाइले सोध्दैछ- केपी ओली र विजय गच्छदारले नि विद्यावारिधी फिर्ता गर्लान् त ? अझै पनि नेपाली नेताहर्बाट नैतिकताको आश गर्नेहरु छन् है यो देशाँ ...(हास्नुपर्ने कारण धेरै छन् हा हा हा....)
जन्मदिन संयोग
महान मान्छे जन्मेकै दिन जन्मदैँमा कोही मान्छे ठूलो हुँदोरहनेछ त। महात्मा गान्धी पनि अक्टुबर २ मै जन्मेका दीपक भट्टराई पनि त्यही दिन। तर कहाँ राजभोज कहाँ गंगोतेली (आजभोलि उखान प्रयोग गर्दा अलिक होस गर्नुपर्ने यो उखानले कसैलाई त होच्याउँदैन होला त। अस्ति नै ताक परे तिवारी नत्र गोतामे भन्दा गोतामेले धन्नै गोदेका थिए).... ...मैले लुकाएको बर्थडे पनि साथीहर्ले पत्ता लगाएर शुभकामना दिनुभो। म आभारी छु।
Friday, October 1, 2010
बिजुलीका मिटर फाल्ने भए सडकमा
अब क-कल्ले घरबाट बिजुलीको मिटर झिकेर सडकाँ थेचार्ने भए। विद्युत प्राधिकरणले पत्रकार सम्मेलन गरी भन्यो नि त-बिजुलीको भाउ तीस प्रतिशत जति बढाउने भनेर। अझ सात वर्षसम्म लोडसेडिङ गर्दिइरहन्छ रे प्राधिकरणले अनि यसपाला हिउँदाँ त १४ घन्टासम्म लोडसेडिङ। म त त्यस्तो झ्वाँकी छैन मिटर सडकाँ फाल्न..कसैले फाले भने फेसबुकाँ लेख्दिम्ला। जय लोडसेडिङ...