Saturday, March 31, 2012

सिकर्मीले बनाउँदा बनाउँदै दिक्क लागेर छोडेको घर

नेपाल पत्रकार महासंघको जापान शाखाका तीलक मल्लले भनेका 'नेपाल घुमेर फर्केका जापानीहरुलाई नेपाल सिकर्मीले बनाउँदा बनाउँदै दिक्क लागेर छोडेको घर जस्तो लाग्छ रे।'

Tuesday, March 27, 2012

रेष्टुरेन्टको आफ्नै नियम


गोंगुबस्थित राता मकै नामको रेष्टुराँसहितको मासुपसलको सूचना...
१. एक जनालाई ३ वटा वियर मात्र दिइन्छ। रक्सी खानुभयो भने एकजनाले एक क्वाटर र हाफ क्वाटर मात्र खान पाइनेछ।
२. आफ्ना परिवारका बाहेक अन्य महिला ल्याउन पाइदैंन
सायद जिम्मेवारयुक्त रेष्टुराँ भनेको यस्तै होला।

कर्मचारीले बैंक गाउँ लान मानेनन्

गाउँमा कृषि विकास बैंक थियो। 'जनयुद्ध'मा लुटपाटसँगै लखेटियो। तीन वर्षदेखि बैंक पुनःस्थापना गर्न गाउँलेले माग गरे। सरकारले निर्णय गर्‍यो। पोहोर बैंकले नयाँ शाखा खोल्न बजेट पनि छुट्यायो। अहिलेसम्म पनि बैंक खोलिएन। बुझ्न काठमाडौं आएका गाउँलेलाई भनियो - कुनै पनि कर्मचारी जानै मानेनन्। कर्मचारी युनिएनले निर्णय नै गरेर त्यहाँ नजाने भनेका छन्। मेरो देश महान, यहाँका कर्मचारी युनियन महान्...

सरकारले त बेलामा तलब दिन सक्याछैन

धत्तेरिका ! सरकारी मिडिया रेडियो नेपालका कार्यकारी निर्देशकले त्यहाँका कर्मचारीलाई तीन महिनासम्म तलब खुवाउन नसकेर राजिनामा दिएको समाचारले बेलामा तलब नदिने मिडियाका साहुको दिलखुश भइरा' होला। अब तिनले भन्ने भए - सरकारले त बेलामा तलब दिन सक्याछैन...

जन्मदिन मेसेज

जन्मदिन मनाउँदै गरेको बेला यस्तो मेसेज आयो भने : May your life be like toilet paper... Long and useful. :-)

Sunday, March 25, 2012

विद्यार्थीमा लगानी

‎'अहिले नानीहरुमा गरेको लगानी भनेको बैंकमा पैसा राखे जस्तै हो। अहिले महिनाको १/२ हजार रुपैयाँ फिसवालामा पढाउनुभयो भने भोलपर्सी तपाइले त्यति नै फिर्ता पाउनुहुन्छ। अहिले १५/१८ हजार रुपैयाँ फिसवालामा पढाउनुभयो भने त्यतिनै फिर्ता पाउनुहुन्छ' नानीको लागि स्कूल खोज्न जाँदा एउटा स्कूलकी प्रिन्सिपलले भनेकी।

Tuesday, March 20, 2012

मलाई भने 'फिरी' छ


अफिस आउँदा बसमा सुनेको #रोइला गीत (केटीले केटालाई भनेको):

बिहे गर्‍यौ तिमीले, तिम्लाई तिरिमिरी छ...
मलाई भने 'फिरी' छ...

Sunday, March 18, 2012

व्यापारीको ब्लडप्रेसर

प्रकाश दाहालको टोलीले सरगमाथा चढ्न सरकारले दिने भनेको दुई करोड रुपैयाँ नलिने भएपछि को को व्यापारी-उद्योगीको ब्लड प्रेसर बढ्यो होला? तर तिनले जो जसलाई जति दिए नि घुमाइफिराई हामीसँग लिइहाल्छन्।

Saturday, March 17, 2012

नेपालमा खेती त आइएनजीओले गर्न थालेछन्

दैलेख जाँदा सुर्खेतमा एक जना किसानको गोलभेंडा बारीमा झुण्डिएको बोर्ड। भृकुटी मण्डपमा कृषि प्रदर्शनी हेर्न गएका अँग्रेजी जान्ने मित्र ठाकुर अंगाईले, 'Agro-exhibition हेर्न गा'को त सब INGO हरुको stall पो रैच । नेपालमा खेती त INGO हरुले पो गर्ने रैचन् ।' लेखेपछि सम्झिएको यो फोटो।

Wednesday, March 14, 2012

पसलमा बिल मात्र जले रे

नयाँ पत्रिकामा आएको समाचारलाई विश्वास मान्ने हो भने गत माघ २६ गते 'भाटभटेनी सुपरमार्केटमा आगलागी भयो रे। सामान केही भएन रे। बील मात्र जले रे...' भनेपछि त्यो घाटा भाटभटेनीका साहुलाई नलागेर सरकारलाई मात्र लाग्ने होला।

Tuesday, March 13, 2012

अर्को देशसँग खेल्न परेको भए चार गोल खाइन्थ्यो होला

एएफसी च्यालेन्ज कपमा एक माल्दिभ्ससँग, दुई प्यालेस्टाइनसँग, तीन तुर्केमिनिस्तानसँग गोल खायो नेपालले। धन्न अब अर्को देशसँग खेल्न नपर्ने भयो नत्र त चार गोल खाइन्थ्यो होला।

सुन्दरी प्रतियोगितामा संघीयता घुस्यारहनेछ

मिस पूर्वाञ्चल २०१२ को उपाधी धरानकी अस्मिता गुरुङले जितिन् भनेर लेख्याछ पत्रिकाले। सुन्दरी प्रतियोगितामा चाहिँ संघीयता छिरिसक्या रहनेछ कि के हो? तमुवानकीले लिम्बुवान सुन्दरी पड्काइन् त।

Monday, March 12, 2012

स्कूलका बच्चालाई बैंक खाता

अभिभावकबाट थप पैसा असुल्न कस्तो नयाँ नयाँ योजना बनाउन जानेका हुन् के स्कूलले। नानीको नाममा बैंक खाता खोलिदिएको भनेर बिलमा एक्स्ट्रा पैसा थपेर पठाएका छन्।
स्कूलमा गएर किन बच्चाको नाममा खाता खोलिदिनु भएको भनेर सोध्या। नानीका स्कूलका गुरुले, 'तपाई कुरै बुझ्नुहुन्न, बच्चालाई सानैदेखि बचत गर्ने बानी बसाल्ने भनेर झन् यस्तो राम्रो योजना ल्याएका छौं' भन्दै अबुझ बनाएर पठाए।

Sunday, March 11, 2012

प्रस्ताव : मस्जिद निर्माणका लागि महायज्ञ

कति स्कूल कलेज र अस्पतालका लागि मात्र ?  एउटा महायज्ञ मस्जिद निर्माणका लागि पनि गर्ने कि? 'हिन्दु र मुस्लिमहरु मिलेर महायज्ञ' भन्ने समाचार पढ्दै गर्दा मनमा खेलेको कुरा नि।हुन त यसमा मुस्लिमहरुको राय के हुन्छ कुन्नि? तर धार्मिक सहिष्णुताको एउटा ठूलो नमुना चाहिँ हुन्छ यो।

माग पश्चिमको, बन्द पूर्वमा

मध्य र सुदर पश्चिमतिर खसान राज्यको माग गर्दै क्षेत्रीहरुले केही समय अगाडि तीन दिने पूर्वाञ्चल बन्द गरेका छन्। माग पश्चिमतिर... बन्द किन पूर्वमा भनेर एक जना क्षेत्रीलाई सोध्दा, तिनको जवाफ थियो, 'पश्चिममा क्षेत्री धेरै छन्, त्यता बन्दा गर्दा आफ्नैलाई दुःख हुन्छ त्यही भएर पूर्वतिर बन्द गर्या'। यस्तै चालले हो भने कुन दिन काठमाडौंमा नेवा राज्यको माग गर्दै कर्णाली र महाकाली अञ्चल बन्द हुने हो यो देशमा...

Friday, March 9, 2012

कुन श्रेणीको नेपाली ?

धनगडीमा भेटिएका डडेल्धुराका माओवादी नेता खगराज भट्टले सुनाएका - 'क' श्रेणीका मान्छे अमेरिका वा युरोप पुग्छन्। 'ख' श्रेणीका मान्छे जापान वा कोरियातिर जान्छन्। 'ग' श्रेणीका मान्छे काठमाडौंमा बस्छन्। 'घ' श्रेणीका मान्छे खाडी वा मलेसिया पुग्छन्। 'ङ' श्रेणीका मान्छे भारततिर हिड्छन्। 'च' श्रेणीका मान्छे - धनगढी वा महेन्द्रनगर झर्छन्। अनि 'छ' श्रेणीका मान्छे मात्र बस्ने सुदरपश्चिमको पहाडका विषयमा कसले सोच्छ?

Thursday, March 8, 2012

Coffee without Milk

धन्यवाद Prakash Chandra Pariyar नयाँ कुरा सिक्न पाइयो। 'Black Coffee' भन्नु हुँदैन रे आजोलि, रङ्गभेद हुनसक्छ, Coffee without Milk भन्नुपर्छ रे।

Wednesday, March 7, 2012

बन्द काठमाडौंमा नै गरौं

काठमाडौं बाहिर महिनामा आधा जति बन्द हुँदोछ। उताका बन्दले काठमाडौंकाले सुन्दैन साथी हो, बेकारमा कहिले संघीयताको पक्षमा, कहिले संघीयताको विपक्षमा, कहिले बाहुन-क्षेत्रीको नाममा, कहिले जनजातिको नाममा, कहिले अयोग्य लडाकुको नाममा, कहिले योग्य लडाकुको नाममा देशका विभिन्न ठाउँमा सँधै बन्द नगरन हो। सभासद जति, मन्त्री जति, पूर्व-वर्तमान प्रधानमन्त्री जति, सेनापति, आइजिपि जति ठूल्ठूला एनजिओ, आइएनजिओ जति देशभर पुग्ने पत्रिका, टिभी- रेडिया यतै छन्। बन्द यतै गरे हुन्छ। बिचरा मोफसलकालाई किन दुःख दिएको हो ?