Saturday, April 16, 2011

एक किन्दा दुई फ्री भनेको त सर्ट किन्दा टाई फ्री...


अस्ति नैं भारत घुम्न जाँदा दिल्लीमा एउटा पसलाँ बाइ वन गेट सिक्स फ्री भनेर बेच्न राखेको देखेपछि लउ हान्दिन परो भन्दै पसल भित्र छिरेको थिएँ। हजार रुपैयाँ पर्ने एउटा टिसर्टलाई छ हजार मुल्य राखेर हाम्रा छिमेकी भारतीय भाइले ठग्न खोज्दैरहेछन्। नकिने फर्केको थिएँ।


अहिले बेलायत आएपछि पो थाहा भयो ती विचरा भारतीय भाइले नि त्यस्तो काइदा त लन्डनबाटै आयात गरेका छन्। हिजो बाटोमा घुम्दै गर्दा एउटा पसलाँ एउटा किन्दा दुईटा फ्री लेखेको देखें। ल अब खैरेको देशबाट केही लानै परो सक्कली माल एउटा सर्ट किनेर दुईटा सर्ट भनेर छिरेको त। एउटा सर्टलाई नेपाली सात हजार जति हालेमा दुईटा टाई फ्री मा भनेको रहेछ। चित्राँ देखाउँदा त सर्ट नै दुईटा फ्री भने झैं मान्याथें।

आफूलाई के को टाइ चाहिनु... बिहेमा लाको एउटा टाइ त अहिलेसम्म फेरि प्रयोग गर्न पर्ंयाछैन।

3 comments:

  1. त्यस्तै रहर ला भे लौ अर्को बे अरम्न त भनुम् भने घरकीले मार्लिन फेरि ! अब छोछोरीको बे'मा धोको पुग्ने अरी १-२ हप्तै लाउनुनी नफुकालिकन दिपकजी ।

    ReplyDelete
  2. होईन भारतीयले मात्र कपि गर्छन भन्ने छ र ? वेलायतकाले पो कपि गरेका हुन की गज्जवको आईदिया थानेर

    ReplyDelete
  3. टाई हाम्लाई गिफ्ट दे भो नि त ! हाम्रा बिहेमा काम लाग्छ ! :)

    ReplyDelete

Please leave your comment here